दार्चुला । बझाङ्ममा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको मस्टा गाउँपालिका वडा नम्बर ४ का २२ वर्षीय विवेक उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार साँझ पक्राउ गरेको हो।

प्रहरीका अनुसार उपाध्याय जयपृथ्वी नगरपालिका वडा नम्बर १०, चैनपुरमा डेरा गरी बस्दै आएका थिए। पीडित बालिकाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

हाल प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?