दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कृष्ण स्नातक क्याम्पस लालीमा संगठन दर्ता गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि कृष्ण स्नातक क्याम्पस लालीमा संगठन दर्ता गरिएकाे अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
क्याम्पस कमिटी संयाेजक तर्कराज ओझाकाे अध्यक्षतामा बसेकाे बैठकले अनेरास्ववियुकाे तर्फबाट कृष्ण स्नातक क्याम्पस लालीमा ओमकार पाललाई स्ववियु अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया