दार्चुला । डडेलधुरामा १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ५८ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ७ का ५८ वर्षीय भोजबहादुर बोहरालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
बोहराले ती बालिकालाई गत असारमा करणी गरेको भए पनि पीडित बालिकाका दाइले फागुन १७ गते मात्रै करणी सम्बन्धि उजुुरि दिएको प्रहरीले जनाएको छ।
भोजबहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टोलीले प्रकाउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया