दार्चुला। ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा पत्रकार गणेण पाण्डेद्वारा सम्पादित उक्त पुस्तक राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको हो ।
पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेकन संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहल तथा संघर्षलाई केन्द्रमा राखेर यो पुस्तक तयार गरिएको पत्रकार पाण्डेले बताउनुभयो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वका लेख रचना समेटिएका छन् । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।






प्रतिक्रिया