भरुवा बन्दुक र जंगली जनावरको छालासहित बैतडीबाट एक जना पक्राउ

दार्चुला । बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ चौरथली कालागाउका ५१ वर्षीय पाल बिष्ट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी बलदेव बडूले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा मंगलबार अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलिले भरूवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका ७ राउण्ड गोलि, २ थान घोरलको छाला र २ थान रतुवाको छालासहित बिष्टलाई घरबाटै पक्राउ गरिएको उहाँले बताउनुभयो ।

बिष्टले इजाजत बिना नै घरमा बन्दुक राखेको प्रहरी निरीक्षक बडूले बताउनुभयो । भरूवा बन्दुक र जंगली जनावरको छाला सहित पक्राउ परेका बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?