दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाताका समाजसेवी पण्डित जयदेब बिष्टको निधन भएको छ । लटिनाथ मावि चौपाताका पुर्व विव्यस अध्यक्ष, जयपुरसहित विभिन्न मन्दिरका पुजारी विष्टको लेकम-५ चौपातामा निधन भएको हो ।

समाजसेवी तथा धार्मिक व्यक्तित्व बिष्टको ७२ वर्षको उमेरमा हृदयघात भएर निधन भएको लटिनाथ मावि चौपाताका प्रधानाध्यापक केशवराज बिष्टले बताउनुभयो । बिष्टको निधनले चौपातासहित सिंगो लेकम स्तब्ध भएको छ ।

विष्ट लटिनाथ मावि चौपातामा २०४८ सालदेखि व्यवस्थापन समितिमा रहनुका साथै माविका संस्थापक समेत हुनुहुन्छ । धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रमा बिष्टको उल्लेख्य योगदान रहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?