दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले पालिका भित्रका चार वटा प्रहरी चौकीलाई उद्दार तथा प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको छ । इप्रका लाली र रिठाचौपाता, प्रहरी चौकी रातामाटा र बित्थडलाई राहत उद्दार तथा प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको हो ।
लेकम गाउँपालिकाले १ लाख ५० हजार बजेट विनियोजन गरेर चार वटा बारूण यन्त्र, १० वटा सब्बल, १० वटा बेल्चा, ४ वटा टर्च लाइट, १५ वटा पानी बुट, २५ वटा ज्याकेट, १० वटा फरूवा, १० वटा घैटी, ५ वटा त्रिपाल, २० वटा प्लास्टिक डोरी र १० वटा रेनकोट खरिद गरेको लेकम गाउँपालिकाका विपद शाखा प्रमुख पुष्कर सिंह बगालले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी र निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले प्रहरी चौकीका लागि खरिद गरिएको सामाग्री शुक्रबार (आज) गाउँपालिकाको केन्द्र रातामाटामा प्रहरीलाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




