दार्चुला । बैतडीमा गोली प्रहार गरि भाईको हत्या गरी भरार रहेका दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्ट दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु सीमाक्षेत्रबाट प्रकाउ परेका छन् ।
गत शनिवार भाइनाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहार गरी हत्या लगत्तै उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहाल नेतृत्वको टोलीले विष्टलाई भारत भाग्दै गरेको अवस्थामा शुक्रवार (आज) नियन्त्रणमा लिएको बताइएको छ ।
फरार कर्णबहादुरलाई मोबाइलको लोकेशनको आधारमा पक्राउ गर्न सफल भएको डिएसपी दाहालले बताउनुभएको छ । अभियुक्त विष्टलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको र बैतडीबाट प्रहरी पुगेपछि जिप्रका बैतडीको जिम्मा लगाउने तयारी भइरहेको छ ।





प्रतिक्रिया