एमाले दार्चुलाको मुख्य टोली नौगाड र व्याँसमा, जिल्लाभरी वडा केन्द्रीत कार्यक्रम जारी

दार्चुला । दार्चुलामा नेकपा (एमाले) को तीन महिने वडा केन्द्रीत जरा अभियान जारी रहेको छ । अभियानको क्रममा एमाले दार्चुलाको मूल टोली जिल्लाको मालिकार्जुन, लेकम, शैल्यशिखर, अपिहिमाल र मार्मा हुँदै नौगाड र व्याँस गाउँपालिकामा पुगेको छ ।

शुक्रवार (आज) दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ र व्याँस गाउँपालिका वडा नम्बर ३ मा मुख्य टोलीको कार्यकर्ता भेटघाट र सम्मान कार्यक्रम सम्पन्न भएको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले बताउनुभयो । नौगाडको वडा नम्बर ६ मा वडा कमिटी अध्यक्ष गोरे सिंह धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य प्रेम सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, नौगाड गाउँपालिका इन्चार्ज लाल बहादुर धामी, जिल्ला कमिटी सचिवालय सदस्य मंगल सिंह ठगुन्ना, खेमराज जोशी, जनक सिंह ठगुन्ना, गोबिन्द सिंह धामी लगायत नेताहरूको आतिथ्यता रहेको थियो । कार्यक्रममा नौगाड गाउँपालिका वडा नम्बर ६ भित्रका ४९ जना पार्टीमा लामो समय योगदान पुर्याएका जेष्ठ सदस्यहरुलाई सम्मानित गरिएको जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख जनक सिंह ठगुन्नाले जानकारी दिनुभयो । भोली नौगाडको वडा नम्बर ५ मा कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ३ मा वडा कमिटी अध्यक्ष हिक्मत सिंह कुवँरको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यतामा एमालेको वडा स्तरीय कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्यहरू हेमा कुवँर, उपेन्द्र सिंह धामी, पालिका कमिटी अध्यक्ष निर्मला धामी, सचिव सग्राम सिंह बिष्ट लगायत नेता कार्यकर्ताहरुको उपस्थिति तथा आतिथ्यता रहेको थियो ।

फागुन २६ गते व्याँसको वडा नम्बर ४ र ५ को संयुक्त कार्यक्रम पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा  सुन्सेरामा आयोजना गरिने बताइएको छ ।

एमालेले दार्चुलाका नौँ वटै पालिका र ६१ वटै वडामा सहजकर्ता तोकेर नेताहरूको कार्यविभाजन गरेको छ । सबै स्थानीय तहमा कार्यकर्ता तथा जनतासंग भेटघाट, छलफल र बैठकहरू आयोजना भइरहेको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो । जिल्ला कमिटी बैठकले गरेका निर्णय अनुसार नेता, कार्यकर्ता वडा र टोलमा खटिएर काम गरिरहेको बताइएको छ । लेकमका ६ वटै वडा र टोलहरूमा पार्टीका विभिन्न काम निरन्तर भइरहेको जिल्ला कमिटी उपाध्यक्ष तथा लेकम इन्चार्ज परमानन्द जोशीले बताउनुभयो । जनताका सुख, दु:ख सुन्नुका साथै सदस्यता नवीकरण, विस्तार र समस्या समाधानका लागि आवश्यक प्रयासहरू भइरहेको उहाँले बताउनुभयो ।

एमालेको नीति, कार्यक्रम अनुसार विकास र परिवर्तनको काम गर्न वडादेखि पालिका, प्रदेश हुँदै केन्द्र सम्म एकल बहुमतको सरकारको आवश्यकता छ, एमाले पोलिटब्युरो सदस्य गणेश ठगुन्नाले भन्नुभयो, सुखी नेपाली, समृद्ध नेपालको संकल्प पूरा गर्न एमालेको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण हुने गरि जनताको बिचमा गएकाछौँ । एमालेको नेतृत्वमा भएका काम र नीति तथा कार्यक्रमबारे जनतासम्म जानकारी पुर्याउनुका साथै समस्या बुझ्न र समाधानका प्रयास गर्न अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?