दार्चुला । बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर ८ का सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिदैछन् । उमेरले ४६ पुगेका बोहराले छोरी डम्मरासँगै कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागि हुनुभएको छ ।
बोहरा सोही वडामा रहेको डिलासैनी माध्यमिक विद्यालय मल्लादेहीबाट छोरीसंगै कक्षा ८ को परीक्षा दिइरहेका हुन् । मल्लादेही विद्यालयको कक्षा ८को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परेको छ । सानो उमेरमा कक्षा ५ सम्म अध्यायन गरेका बोहराले कक्षा ६ देखि डिलासैनी माध्यमिक विद्यालयमा छोरीसँगै पुनः अध्यायन सुरु गरेका थिए । बोहरा सोही विद्यालयका विद्यालय कर्मचारीको रुपमा पनि कार्यरत समेत रहेका छन् ।
नेपालको संविधानले कक्षा ८ सम्मको शिक्षालाई अनिवार्य गरेको र सोही लक्ष्य प्राप्तीका लागि भएपनि आफुले अध्ययन थालेको बोहराले बताउनुभयो ।





प्रतिक्रिया