दार्चुला । काठमाण्डौमा भूकम्पको धक्का महसूस गरिएको छ । शनिवार दिउँसो २ बजेर ३५ मिनेटमा चीनको दिङ्गे केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन गरिएको केन्द्रका वरिष्ट भूकम्पविद् लोक विजय अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पको धक्का नेपाल, चीन, भारत, भुटान र बङ्गलादेशमा पनि गरिएको केन्द्रले जनाएको छ । गएराति ३ बजे १४ मिनेटमा म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युड र बिहान ६ बजेर २० मिनेटमा बाग्लुङ केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युड भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ





प्रतिक्रिया