कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार २०८१ पत्रकार ईन्द्र साउदलाई प्रदान गरिने

दार्चुला । हरेक वर्ष एक जना पत्रकारलाई दिदैँ आएको कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार २०८१ पत्रकार इन्द्र सिह साउदलाई प्रदान गरिने भएको छ । मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको निर्णय अनुसार यस वर्षको सिर्जनशील पत्रकारिता पुरस्कार साउदलाई प्रदान गरिन लागिएको हो ।

सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको संस्थाका अध्यक्ष पदम सिंह बडालले बताउनुभयो ।

२०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । सिर्जनशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुन लागेका साउँद रेडियो कालापनी एफएमका स्टेसन म्यानेजर हुनुहुन्छ।

यो पुरस्कारबाट हालसम्म २०६८ सालमा पत्रकार लोकेन्द्र बम, ०६९ मा बीरेन्द्र महरा, ०७० सालमा कृष्णसिंह धामी पुरस्कृत भएका थिए । यस्तै ०७१ मा भागरथी भट्ट, ०७२ मा मनोज बडु, ०७३ मा किरण धामी, ०७४ मा लोकेन्द्र प्रसाद जोशी, ०७५ मा सन्तोष कोट्टारी र ०७६ मा रामसिंह धामी तथा ०७७ मा विरादत्त भट्ट, ०७८मा लक्ष्मण सिह धामी ०७९ मा सुन्दर सिह धामी र ०८० मा हरिप्रसाद जोशीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । २०६८ सालदेखि हाल सम्म साउद सहित १४ जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिएको मिडिया विकास समाज नेपाल दार्चुलाका कार्यकारी निर्देशक शंकर सिह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?