कञ्चनपुरमा गाडीको ठक्करबाट बैतडीका एक जनाको मृत्यु

दार्चुला । कञ्चनपुरमा टेलर गाडीले ठक्कर दिँदा बैतडीका एकजनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर २ शर्माली घर भएका ४० बर्षीय सुन्दरसिंह साउँदको गाडीको ठक्करबाट सोमबार दिउँसो मृत्यु भएको हो ।

सोमबार दिउँसो पौने चार बजेको समयमा पुनर्वासबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००१ क ५९२ नम्बरको टेलर गाडीले पुनर्वास नगरपालिका वडा नम्बर ९ (ख) गाउँको खातीचोकमा साउँदलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट साउँदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोजगारीका लागि भारत जान केही दिन पहिला बैतडीबाट कञ्चनपुर गएका साउँद पुनर्वासमा आफ्नो दाजुको घरमा बस्दै आएका थिए ।  सडकमा हिँडीरहेका साउँदलाई गाडीले ठक्कर दिँदा मृत्यु भएको बताइएको छ ।

साउँदलाई ठक्कर दिने टेलर गाडी र  चालक कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेला बस्ने ३८ बर्षीय पिताम्बर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तीको दिनुपर्ने मृतकका आफन्तहरुले माग गरेका छन् ।

मृतक साउँदका घरमा दुई छोरा,श्रीमती र बुढेसकालका बुवा रहेका छन् । साउँदको मृत्युपछि उनको घरपरिवारको विचल्ली भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । भारतमा मजदुरी गरेर घरपरिवार चलाउँदै आएका साउँदको मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?