बैतडीको कालागाउँ घटनाका अभियुक्त कर्णबहादुर सार्वजनिक

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका २१ वर्षिय सुरेन्द्र बिष्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दोगडाकेदार ८ कै ४२ वर्षी स्याल भनेर चिनिने कर्णबहादुर बिष्टलाई सार्वजनिक गरेको हो ।

कर्णबहादुरले प्रयोग गरेको भरुवा बन्दुक, गोली, मोवाइल तथा सिम कार्ड लगायतका सामान सहित उनलाई बुधबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । फागुन १७ गते राति ८ः३० बजेको समयमा गोली प्रहार गरेर कर्णबहादुरले सुरेन्द्रको हत्या गरेका थिए । ४० हजार रुपैयाँ लेनदेनका बिषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने सुरेन्द्रको गोली हानेर हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो।

फागुन २५ गते दोगडाकेदार ८ कै पत्थरखानीको ओढारमा लुकाएर राखेको अवस्था झोला फेला परेको थियो । सोही ठाउँमा मंगलबार उनले हत्यामा प्रयोग गरेको बन्दुकसहितका सामग्री फेला परेको प्रहरीले जनाएको छ ।

हत्यापछि फरार भएका कर्णलाई गएको फागुन २३ गते भारततर्फ भाग्दै गरेको अवस्थामा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु नाकाबाट  पक्राउ गरिएको थियो ।

अभियुक्त कर्णबहादुर माथि जिल्ला अदालतबाट फागुन २३ गतेदखी लागु हुने गरी १० दिन म्याद थपेर कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?