दार्चुला । बैतडीमा ट्याक्टर दुर्घटना हुँँदा २ जना घाइते भएका छन्।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ चमतडी स्थित महाकाली राजमार्गमा चमतडीबाट गोकुलेशवरतर्फ आउदै गरेको ना ६ त ६२९३ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा शुक्रवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलराम पण्डेयले जानकारी दिनुभयो ।
दुर्घटनामा ट्याक्टर चालक कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ५ लालपुर बस्ने गणेश नेपाली र दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ का दुर्गादत्त भट्ट घाइते भएको उहाँले बताउनुभयो । घाइते दुबै जनाको उपचार पछि डिस्चार्ज भइसकेका छन्। ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको बैतडी प्रहरीले जनाएको छ।





प्रतिक्रिया