दार्चुला । बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पस, गोकुलेश्वरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चैत ५ गते हुन गईरहेको निर्वाचनमा स्ववियु अध्यक्षमा कृष्ण सिंह रावलले उम्मेदवारी दिनुभएको छ । नेविसंघ र अखिल क्रान्तिकारीको साझा उम्मेदवारका रूपमा रावलले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
कक्षा ८ मा पढ्दा देखि नेविसंघमा आवद्ध दार्चुलाको शैल्यशिखर नगरपालिका-५ आगरका रावलले क्याम्पस र विद्यार्थीको हक हितमा काम गर्न आफुले उम्मेदवारी दिएको बताउनुभयो । शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील रावलले मालिकार्जुन मावि आगरमा नेविसंघ इकाई अध्यक्ष हुँदै नेविसंघ जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय संयोजक र नेविसंघ जिल्ला सचिवसम्मको जिम्मेवारी बहन गरेको बताउनुभयो ।
क्याम्पसको शैक्षिक तथा संस्थागत सुधार, विद्यार्थी हकअधिकारको संरक्षण, स्ववियुको सशक्तीकरण र नेतृत्व विकासका लागि नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवारी दिएको बताउदै रावलले स्ववियु चुनावमा विजयी गराइदिन विद्यार्थीहरूमा अपिल गर्नुभएको छ ।





प्रतिक्रिया