एसइई तयारीः प्रश्नपत्रसहित आवश्यक साम्रगी केन्द्रहरुमा पठाइयो

दार्चुला । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागी प्रश्नपत्र, उत्तरपुस्तिका लगायत आवश्यक परीक्षा साम्रगी सम्बन्धित परीक्षाकेन्द्रका केन्द्राध्यक्षहरुको जिम्मा लगाएको छ ।

आइतवार (आज) केन्द्राध्यक्षहरुको छलफल पछी परीक्षा साम्रगी जिम्मा लगाइएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १७ वटै परीक्षाकेन्द्रहरुमा सम्बन्धित विद्यालयका प्रध्यानाध्यापकहरुलाई केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ । त्यस्तै सहायक केन्द्राध्यक्षको रुपमा माध्यमिक तहको स्थायी शिक्षकलाई राख्ने र आधारभूत तहको शिक्षकहरुलाई निरीक्षकको रुपमा खटाउने निर्णय गरिएको छ ।

चैत्र ७ गतेदेखि जिल्लाभरी प्राविधिक धारको एक, ग्रेड सुधारको एक र नियमित १५ सहित जम्मा १७ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा सञ्चालन हुने उहाँले बताउनुभयो । यस वर्ष दार्चुलाबाट ३ हजार २ सय बढी परीक्षार्थीहरु (एसइई) परीक्षामा सहभागी हुने भएका छन् ।

जिल्लामा रहेका पुरानो कोर्षको विद्यार्थीको लागी एक परीक्षा केन्द्र निर्धारण गरिएको छ। २०७८।७९ का साधारण धार तर्फका विद्यार्थीहरुका लागी खंलगामा रहेको छन्ना टिंकरी कन्या माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ।

त्यस्तै यो बर्ष प्राविधिक धार तर्फका परीक्षा खंलगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्र क र ख बाट संञ्चालन हुने कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?