दार्चुला । बैतडीमा शनिवार फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ दोलीमा शनिवार (हिजो) फेला परेको शव बाजुराको खप्तड छेडदह गाउँपालिका वडा नम्बर ६ मैतोलाका ३४ बर्षीय गोपाल नाथको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिनुभयो ।
महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडकखण्डको दोली सडक छेउमा शनिवार (हिजो) बिहान ८ बजेतिर उक्त शव फेला परेको थियो । शवको पहिचान हुन नसकेपछि प्रहरीले हुलियासहित सार्वजनिक सूचना प्रवाह गरेको थियो । उक्त शव नाथको रहेको भन्दै मृतकका आफन्त सम्पर्कमा आएका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । बाजुराबाट मृतकका आफन्त भोलिमात्रै बैतडी आइपुग्ने बताइएको छ ।
आफन्त पुगेपछिमात्रै पोष्टमार्टमको कार्य अघि बढ्ने प्रहरीले बताएको छ ।





प्रतिक्रिया