दार्चुला । धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडी गएराति पौने १२ बजे सुदूरपश्चिम प्रदेश ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ बस्ने २४ बर्षीय जनक रोकाया घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।




