दार्चुलाको अपिहिमाल गाउँपालिकामा आजबाट वार्षिक परीक्षा सुरु

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा चैत्र ५ गते (आज) बाट चैत्र १२ गतेसम्म कक्षा १–९ को वार्षिक परीक्षा सञ्चालन हुने भएको छ ।

गाउँपालिकाको शैक्षिक क्यालेण्डर अनुसार चैत्र ५ गते (आज) बाट सामुदायीक विद्यालयहरुको वार्षिका परीक्षा सुरु हुदै छ । कक्षा ५ र ८ को उत्तरपुस्तीका गाउँपालिकामै चेक गर्ने गरी परीक्षा सञ्चालन हुने अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

आधारभूत तह कक्षा ८ को लागी गाउँपालिकाभरीका ८ वटा विद्यालयहरुको परीक्षाकेन्द्र खण्डेश्वरी माध्यमिक विद्यालय क्षती तोकिएको छ । कक्षा ८ को परीक्षामा ५७ जना छात्र र ६५ जना छात्रा गरी १२२ जना परीक्षार्थी सहभागी हुदैछन् ।

कक्षा १–९ को वार्षिक परीक्षामा यस वर्ष ५६८ जना छात्र र ५९९ जना छात्रा गरी जम्मा ११ सय ६७ जना सहभागी हुदै छन् ।सबै बालबालिकाहरुलाई सहजरुपमा विद्यालय तथा परीक्षा केन्द्रमा निर्भिकता पूर्वक,सहज रुपमा परीक्षाको वातावरण सिर्जना गरिदिन विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघ शिक्षक लगायत सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।

परीक्षा शैक्षिक सत्रको अन्त्य गर्नका लागि नभइ बालबालिकामा सिकाइ उपलब्धि के कति मात्रामा भएको छ भनेर नाप्ने रजाँच्ने तरिका वा माध्यम भएकोले सोही अनुसार सञ्चालन गर्न गाउँपालिकाले अनुरोध गरेको छ । परीक्षा विहान ८ बजेबाट सञ्चालन हुदै छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?