बैतडीको सेटीगाउँ क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको प्यानल विजयी, सभापतिमा रावल निर्वाचित

दार्चुला । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बैतडीको गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ । एक सदस्यबाहेक सबै पदमा नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवारहरुले विजय हासिल गरेको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

चुनावमा नेविसंघ र क्रान्तिकारी चुनावी तालमेल गरेर निर्वाचन लडेका थिए भने अनेरास्ववियु एक्लै चुनाव लडेको थियो ।
सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कृष्णसिंह रावल निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित रावलले १ सय ३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका कुमार लावड १ सय ८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी पूजा खत्रीले ८० मत ल्याइन् । यस्तै कोषाध्यक्षमा क्रान्तिकारीकै भुवन भण्डारी १ सय १ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी भावना जोशीले ८८ मत ल्याएकी छन् ।

सदस्यहरुमा नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार आरती बिष्ट ९८, उषा साउद १ सय, सन्तोषी खडायत १ सय ८ र हिरा गोयला १ सय ३ मत ल्याएर विजयी भएका छन् ।

सदस्यमा अनेरास्ववियुकी सन्तोषी बिष्ट ९१ मत ल्याएर विजयी भएकी छन् ।सेटीगाउँ बहुमुखी क्याम्पसमा २ सय ६६ जना विद्यार्थी मतदाता रहेकोमा १ सय ९५ मत खसेको र एक मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?