दार्चुला । ३५ वर्षसम्म एउटै विद्यालयमा काम गरेका दार्चुलाका एक शिक्षकको विदाई गरिएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा अवस्थित लटिनाथ आधारभूत विद्यालय बारीलमा विगत ३५ वर्षबाट कार्यरत प्राथमिक द्धितीय तहका शिक्षक कृष्ण बहादुर खडायतको बुधवार (आज) विदाई गरिएको विद्यालयका प्रध्यानाध्यापक शुरेन्द्र बहादुर तितराले जानकारी दिनुभयो ।
शिक्षक खडायतलाई उमेरका कारण अनिवार्य अवकास पाप्त गरेका हुन् । आज विद्यालयमा शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरुको उपस्थितिमा खडायतले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सेवानिवृत जिवनको शुभकामना सहित विदाई गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया