आजबाट एसईई परीक्षा सुरु, विद्यार्थीलाई निर्धक्क भएर परीक्षा दिन आग्रह

दार्चुला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि दार्चुलाका १७ वटा परीक्षा केन्द्रबाट यो बर्षको एसईई परीक्षा सुरु हुन लागेको हो ।

जिल्ला भरिका ७६ वटा विद्यालयका एसईई दिने परीक्षार्थीको लागी १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । परीक्षामा सहभागी हुने सम्पुर्ण विद्यार्थीलाई ढुक्क र निर्धक्क भएर परीक्षा दिन प्रमुख पन्तले आग्रह गर्नुभयो ।

आजबाट चैत्र १९ गतेसम्म संञ्चालन हुने परीक्षामा सहभागी हुन जिल्ला भरिका ३ हजार १ सय ८६ जना विद्यार्थीले फाराम भरेको उहाँले बताउनुभयो ।

२०७८/७९ का साधारण धार तर्फका विद्यार्थीहरुका लागी खंलगामा रहेको छन्ना टिंकरी कन्या माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ भने, प्राविधिक धार तर्फका परीक्षा खंलगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्र क,र ख बाट संञ्चालन हुने कार्यालयले जनाएको छ ।

परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ । बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।

लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?