उखु पेल्दै दार्चुलाका कृषक, उत्पादन बढ्ने अनुमान

दार्चुला । अहिले दार्चुलासहित सुदूरपश्चिमका पहाडी क्षेत्रका किसान सख्खर (गुड) उत्पादनका लागि उखु पेल्नमा व्यस्त छन् । यस क्षेत्रको प्रमुख नगदेबालीको रुपमा रहेको उखुखेती गरेका किसानले फागुन महिनाबाट उखु पेल्न सुरु गरेका थिए ।

जिल्लामा फागुन महिना देखि नै किसानले सख्खर (गुड) उत्पादनको लागि उखु पेल्न सुरु गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख शिद्धराज उपाध्यायले बताउनुभयो ।

दार्चुलामा गत बर्ष सम्म ५५ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएकोमा यो बर्ष उखु खेतीको क्षेत्रफल र उत्पादन बढ्ने अनुमान गरिएको प्रमुख उपाध्यायले बताउनुभयो । गत बर्ष जिल्लामा कृषकले १ हजार ६ सय ८२ मेट्रिक टन उखु उत्पादन गरेको उहाँले बताउनुभयो । “यो बर्ष प्रारम्भिक अनुमान अनुसार दार्चुलामा करिब ६५ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको अनुमान रहेको छ, तर यकिन तथ्याङक संकलन भइरहेको छ” कृषि ज्ञान केन्द्र प्रमुख उपाध्यायले भन्नुभयो ।

जिल्लामा गत बर्ष प्रति हेक्टर ३०.५८ मट्रिक टन उखु उत्पादन भएको थियो । गत बर्षकै तथ्याङक अनुसार यो बर्ष १५ देखि २० प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा उत्पादन भएको उखुको गुड (सख्खर) उत्पादनको लागि मात्रै प्रयोग हुने गरेको उहाँले बताउनुभयो । किसानले अहिले पनि परम्परागत कोलको प्रयोग गरेरै उखु पेल्ने र पकाएर सख्खर उत्पादन गर्ने गरेका छन। परम्परागत तरिकाबाट उत्पादन भएको सख्खर उपभोक्ताको पहिलो रोजाईमा पर्ने गरेको छ ।

उत्पादन भएको सख्खरको बजार पनि राम्रो रहेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का स्थानीय शेरसिंह धामीले बताउनुभयो । “अहिले सिजन भएकोले बजार र माग राम्रो छ, प्रती किलो ३ सय रुपैँया सम्म गुड बिक्रि भइरहेको छ” उहाँले भन्नुभयो ।

अहिले जिल्लाको विभिन्न क्षेत्रमा परम्परागत कोलमै सख्खर उत्पादन गरिरहेको कृषकहरुले बताएका छन । यस क्षेत्रको प्रमुख नगदेबालीको रुपमा रहेको उखु खेती प्रवर्धनको लागि स्थानीय सरकारले कुनै चाँसो नदेखाएको उखु खेती गरिरहेका कृषकको गुनासो रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?