दार्चुला । प्रेस चौतारी नेपालको १०औं केन्द्रीय (राष्ट्रिय) महाधिवेशन विराटनगरमा सुरु भएको छ । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन् ।
अधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार जम्मा भएका प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो । अधिवेशन उद्घाटन सत्र समापनपछि बन्द सत्रमार्फत नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
कार्यक्रममा एमाले जनसंगठन समन्वय कमिटी प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य शेरधन राई, राजेन्द्र गौतम, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमालेका केन्द्रीय नेताहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, पत्रकारहरूका विभिन्न पेसागत संगठनका नेताहरू लगायतको आतिथ्यता तथा सहभागिता रहेको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारीका विमोचन गरिएको छ । प्रेस चौतारी नेपालले प्रदान गरेकाे विभिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएकाे छ । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व सहमतिमै चयन गर्ने गरि प्रयास भइरहेको बताइएको छ।






प्रतिक्रिया