दार्चुलाको अपिहिमाल गाउँपालिकामा इजीएल सम्बन्धि अभिमुखिकरण सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा इजीएल सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडीएस) को आयोजनामा बुधवार (हिजो) अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाको शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

अभिमुखिकरणमा गाउँपालिका अन्र्तरगतका २२ वटै सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, प्रध्यानाध्यापकहरु,शिक्षक अभिभावक संघका अध्यक्षहरु लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आधारभूत तह कक्षा (१–३ ) का विद्यार्थीहरुको सिकाई स्तरमा सुधार गनुपर्ने लगायतका विषयहरुमा छलफल गरिएको छ । अपिहिमाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र सिंह साउँदको अध्यक्षता रहेको कार्यक्रमको प्राविधिक सहायक मदन राज जोशीले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?