अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ घाइते

दार्चुला । अर्घाखाँचीको भुवनपाटामा बुधवार (हिजो) बेलुकी भएको बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् ।

शितगंगा नगरपालिका २ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । अरु घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।

सुपा मन्दिर दर्शन गरी नवलपरासीको लागि जाँदै गरेको बस अचानक अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका ८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षकी उमा न्यौपाने, उहाँकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने अन्दाजी ४५ वर्षीय गाडी चालक मदन कुमार बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?