अपिहिमालमा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको २ दिने क्षमता विकास तालिम सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको २ दिने क्षमता विकास अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको २ दिने तालिम शुक्रवार (हिजो) सम्पन्न भएको शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

अभिमुखिकरण तालिममा शिक्षा क्षेत्र सुधारका विषयमा छलफल सहित प्रशिक्षण गराइएको छ । शिक्षा अधिकृत विरेन्द्र सिंह साउँदको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अन्र्तरगतका २२ वटै सामुदायीक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?