काठमाण्डौको तीनकुने क्षेत्रमा गृहमन्त्री लेखकको अनुगमन

दार्चुला । गृहमन्त्री रमेश लेखकले काठमाण्डौको तीनकुने पुगेर राजावादी समूहले हिजो गरेको तोडफोडको अनुगमन गर्नुभएको छ ।

प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र गाडीमा आगजनी गरेका थिए । प्रदर्शन हिंसात्मक हुँदा पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।

यस्तै समाजवादी मोर्चाका नेताहरू आज बिहान आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमनका लागि पुगेको थियो ।

अनुगमनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूको उपस्थिति थियो ।

मोर्चाले नेकपा एसको पार्टी कार्यालयमा भएको तोडफोडको भर्त्सनासमेत गरेको छ । साथै आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?