पूर्वराजालाई काठमाण्डौ महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना

दार्चुला । काठमाण्डौ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको छ । शुक्रवार (हिजो) तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेवापत महानगरले आठ वटा शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको हो । ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाण्डौका नाममा महानगरका आठ जना नगर प्रहरीले आठ वटा बेग्लाबेल्लै पत्र काटेका हुन् ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि भन्दै तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए ।

यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डौ आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पु¥याएकोमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरीवाना तोकेको थियो । सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरीवाना तिरेका थिए । त्यसअघि महानगरले दरबारमार्गमा कार्यक्रम गरेको नेकपा (एमाले)लाई पनि एक लाख रुपैयाँ जरीवाना तोकेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?