तीनकुने घटनामा संलग्न जो कोहीलाई पनी कारबाही हुने प्रधानमन्त्री ओलीको भनाइ

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते काठमाण्डौको तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्नहरू सबैलाई कारबाही हुने बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको र तीनकुने घटनाबारे प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने पनि बताउनुभयो । यो घटनामा पूर्वराजाले पनि उन्मुक्ति नपाउने उहाँको भनाइ छ ।

प्रतिनिधिसभा बैठकको शुरूमै बोल्नुभएका प्रधानमन्त्रीले इतिहासको कुनामा फ्याँकिसकेको व्यक्तिसँग सामेल भएर घटाइएको हिंस्रक घटनामा संलग्न जोसुकैमाथि कडा प्रशासनिक कारबाही हुने बताउनुभयो ।

घटनाका सम्बन्धमा गृह मन्त्रालयबाट छानबिन भइरहेको र विस्तृत विवरण आउने ओलीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?