त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी

दार्चुला । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् । सोमवार (आज) भएको निर्वाचनमा उनी प्रतिस्पर्धी उम्मेदवारसँग ८ मतले विजयी हुनुभएको हो ।

जोशीले ७ सय ८९ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका अखिल क्रान्तिकारीका प्रविन दाहालले ७ सय २७ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५ सय १७ र पद्मा भुसालले १६६ मत प्राप्त गरेकी छन्।

स्ववियुका अन्य पदाधिकारीमा भने अनेरास्वियुका उम्मेदवार विजयी भएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा जम्मा मतदाता संख्या ६ हजार १ सय ४६ रहेको थियो जसमध्ये सोमवार ३ हजार १ सय १८ विद्यार्थीले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?