दार्चुला । बैतडी जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी बैशाख ३ गते देखि सञ्चालन हुने भएको छ।
जिल्ला खेलकुद विकास समिति बैतडीका अनुसार आगामी बैशाख ३ देखि ५ गते सम्म जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर १ मा अवस्थित विशाल पार्क खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको हो । यस अघि जिल्लाका १० वटै स्थानीय तहमा पालिका स्तरीय प्रतियोगिता सम्पन्न भईसकेकोले अब जिल्ला स्तरीय प्रतियोगिताको तयारी थालिएको जिल्ला खेलकुद विकास समिति बैतडीका प्रमुुख तर्कराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सह–आयोजनामा प्रतियोगिता सञ्चालन हुने उहाँले बताउनुभयो । स्थानीय तहमा सञ्चालन भएका प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई मात्रै जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराईने उहाँले बताउनुभयो । ४ वटा विधामा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका खेलाडी तथा टिमहरुको सहभागिगता रहने जोशीले बताउनुभयो ।
प्रतियोगितामा छात्र छात्रा भलिबल तथा कबड्डी, छात्र छात्रा एथ्लेटिक्स र मार्सल आर्टमा करातेका खेलहरु सञ्चालन हुने छन। प्रतियोगिता सहभागी टिम र खेलाडीहरुलाई आश्वयक तयारी गरि प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्न उहाँले आग्रह गर्नुभयो।
गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।






प्रतिक्रिया