दुहुँ गाउँपालिकाका सामुदायिक विद्यालयहरुको परीक्षाफल प्रकाशन

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले सामुदायिक विद्यालयहरुको परीक्षाफल प्रकाशन गरेको छ ।

चैत्र ३ गतेबाट १० गतेसम्म सञ्चालन भएको गाउँपालिकास्तरिय कक्षा १–९ को परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो । जसअनुसार कक्षा ४ मा १६७ जना परीक्षार्थी सहभागी भएकोमा १५९ जना उर्तिण भएका छन् । त्यस्तै कक्षा ५ मा १०९ जना सहभागी भएकोमा सबै १०९ जनानै उत्र्तिण भएको शिक्षा शाखा संयोजक बमले बताउनुभएको छ ।

कक्षा ६ मा २७३ जनाले परीक्षा दिएकोमा २६४ जना, कक्षा ७ मा १४१ जनामध्ये १३९ जना उर्तिण भएका छन् । त्यस्तै कक्षा ८ को आधारभूत तह उर्तिण वार्षिक परीक्षाको नतिजा पनी आजै प्रकाशन गरिएको छ । प्रकाशित नतिजा अनुसार दुहुँ गाउँपालिकामा सत प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । त्यस्तै कक्षा ९ मा १३५ जना सहभागी भएकोमा १३७ जनानै उर्तिण भएको शिक्षा शाखाले जनाएको छ ।
दुहुँ गाउँपालिकाले २०७९ सालदेखिनै कक्षा ४–९ को परीक्षा पालिकास्तरिय रुपमा सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाको वार्षिक कार्यतालिकामा समावेश भएसगै कक्षा ४–९ को परीक्षा पालिकास्तरिय रुपमा सञ्चालन गरिएको शिक्षा शाखा संयोजक बमले बताउनुभएको छ । उहाँका अनुसार गाउँपालिकाले पालिकास्तरिय परीक्षा समितिले विद्यालयहरुलाई प्रश्नपत्र उत्तरपुस्तिका तथा परीक्षा साम्रगी पठाएको र परीक्षा सकिएपछि गाउँपालिकामा ल्याएर विषयविज्ञ शिक्षकहरुद्धारा उत्तरपुस्तिका चेक गरेर नतिजा प्रकाशन गरेको हो ।

दुहुँ गाउँपालिका पालिकास्तरिय कक्षा यस वर्ष ४–९ को परीक्षामा ९८ दशमलव ०२ प्रतिशत नतिजा पाप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?