ब्याँस-४ मा रहेको ब्रह्रमदह आधारभूत विद्यालय डोबको २६औँ वार्षिकोत्सव सम्पन्न

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ मा रहेको ब्रह्रमदह आधारभूत विद्यालय डोबको २६औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।

विहिबार (आज) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्यान सिंह खत्रीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मंगल सिंह धामीको प्रमुख आतिथ्यता रहेको गाउँपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष झुनसिंह विष्टले जानकारी दिनुभयो ।

वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक मानसिंह धामीले विद्यालयको बार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

वार्षिकोत्सव समारोहमा गाउँपालिका उपाध्यक्ष विनोद कुवर, वडा नम्बर ४ वडा अध्यक्ष झुनसिंह विष्टलगायत जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको वडा अध्यक्ष विष्टले बताउनुभयो ।

वार्षिकोत्सव समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?