दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तगतका दार्चुलाका दुबै क्याम्पसमा स्ववियु निर्वाचनको लागि मतदान सुरु भएको छ । सुदूरपश्चिम विश्व विद्यालय अन्तरगत रहेका दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा विहान ८ बजे देखि मतदान सुरु भएको हो ।
दार्चुला बहुमुखी क्याम्पसमा विहान ८ बजे अध्यक्ष पदका तीनै जना उम्मेदवारले मतदान गरेका छन् । त्यस्तै गोकुलेश्वरमा पनि निर्धारित समय विहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो ।
दार्चुला बहुमुखी क्याम्पसमा ४ सय ८५ जना र गोकुलेश्वर बहुमुखी क्याम्पसमा २ सय ६४ जना विद्यार्थी मतदाता रहेका छन् । मतदान अपराह्न ४ बजे सम्म चल्ने बताइएको छ ।





प्रतिक्रिया