दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत रहेका दार्चुलाका दुबै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाम खंलगामा रहेको दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वरमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा बुधवार (आज) स्ववियु निर्वाचन भएको हो । निर्वाचन अन्तरगत विहान ८ बजे देखि सुरु भएको मतदान ४ बजे शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ।
जिल्ला सदरमुकाममा रहेको दार्चुला बहुमुखी क्याम्पसमा कुल ४ सय ८५ जना विद्यार्थी मतदाता रहेकोमा प्रतक्ष तर्फ ४ सय ४९ र समानुपातिक तर्फ ४ सय ४५ मत खसेको दार्चुला बहुमुखी क्याम्पसमा निर्वाचन अधिकृत करनसिंह साउदले बताउनुभयो । शान्त र मर्यादित ढंगले मतदान सम्पन्न भएको उहाँले बताउनुभयो ।
त्यस्तै गोकुलेश्वर बहुमुखी क्याम्पसमा पनि मतदान शान्त र मर्यादित तवरले सम्पन्न भएको क्याम्पसका निर्वाचन अधिकृत रमेशचन्द्र जोशीले बताउनुभएको छ। गोकुलेश्वरमा २ सय ६४ जना विद्यार्थी मतदाता रहेकोमा प्रतक्ष र समानुपातिक दुबैमा २ सय ३० मत खसेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया