दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार सुनिल डाँगा विजयी हुनुभएको छ । अनेरास्ववियुका डाँगाले १०५ मत प्राप्त गरेर विजयी हुँदा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट उम्मेदवार बनेका नेविसंघका नरेश बिष्टले १०२ मत प्राप्त गर्नुभयो ।
सचिवमा भने गठबन्धनका उम्मेदवार अखिल क्रान्तिकारीका नवराज भट्टले १२५ मत सहित विजय हासिल गर्नुभएको छ । सबै पदको नतिजासहितको विवरण हेर्नुहोस् । 
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




