दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा गठबन्धनबाट नेविसंघका प्रकाश बडू २२२ मत प्राप्त गरि विजयी हुनुभएको छ । अनेरास्ववियुका खडक सिंह ठगुन्नालाई पराजित गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट नेविसंघका प्रकाश बडू प्यानलसहित विजयी हुनुभएको हो ।
बडूले २२२ मत पाएर विजयी हुँदा ठगुन्नाले १९१ मत पाउनुभयो । अध्यक्षमा स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशीले २० मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा गठबन्धनका उम्मेदवार अखिल क्रान्तिकारीका लालसिंह महर २१८ मत प्राप्त गरेर विजयी हुँदा अनेरास्ववियुका दिपुसिंह महताले २१५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा गठबन्धनका जगत सिंह धामी २४० मत प्राप्त गरेर विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गर्नुभयो ।
पदाधिकारी र सदस्यको मतपरिणाम हेर्नुहोस्

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




