दार्चुला । सुदूपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समितिमा निर्वाचितलाई पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका जिल्लाका दुबै क्याम्पसमा बुधवार स्ववियु निर्वाचन सम्पन्न भएकोे थियो ।
गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचित पदाधिकारीहरुलाई नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले बधाई तथा शुभकामना दिनुभएको छ। विहिबार विहान आयोजित कार्यक्रमा उहाँले विद्यार्थीका समस्या समाधान, हक हित र शैक्षिक गतिविधिका हरेक सवालमा सफलताको लागि शुभकामना ज्ञापन गर्नुभएको हो ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा अध्यक्षमा नेकपा( एमाले) निकटको अनेरास्ववियुका सुनिल डाँगा विजयी हुनुभएको थियो ।
गोकुलेश्वरमा नेपाली काग्रेंस निकटको नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तीकाबिच गठबन्धन गरिएको थियो । गठबन्धनलाई परास्त गर्दै अनेरास्ववियुका डागा स्ववियु अध्यक्षमा विजयी हुनुभएको छ।
त्यस्तै सचिवमा नेविसंघ र क्रान्तीकारी गठबन्धका उम्मेद्धार अखिल क्रान्तीकारीका नवराज भट्ट विजयी र कोषाअध्यक्ष पनि गठबन्धनकै उम्मेद्धार अम्मरा धामी निर्वाचित हुनुभएको छ । छ जना खुल्ला सदस्यहरुमा पाँच जना अनेरास्ववियु र एक जना गठबन्धनका उम्मेद्धार विजयी भएका छन् ।
अनेरास्ववियुबाट बिरबहादुर धामी, मन्जु धामी, अनुसा लुहार, भागरथी बोहरा र दिपक राज भट्ट सदस्यमा निर्वाचित हुनुभएको छ, भने गठबन्धनको तर्फबाट गगन सिंह डाँगा निर्वाचित हुनुभएको छ।
त्यस्तै जिल्ला सदरमुकाममा रहेको दार्चुला बहुमुखी क्याम्पसमा निर्वाचित नेविसंघ र अखिल क्रान्तीकारीका उम्मेद्धारहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ।काग्रेस जिल्ला सभापती ललित सिंह बोहरा र माओवादी केन्द्रका जिल्ला संयोजक पदमराज पन्तसहितका नेताहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको हो ।
दार्चुला बहुमुखी क्याम्पसमा नेपाली काग्रेंस निकटको नेपाल विद्यार्थी संघ र माओवादी निकटको अखिल क्रान्तीकारीको प्यानल नै विजयी भएको छ ।
त्यहाँ स्ववियु अध्यक्षमा गठबन्धनका उम्मेद्धार नेविसंघका प्रकाश बडू विजयी हुनुभएको छ ।त्यस्तै सचिवमा अखिल क्रान्तीकारीका लाल सिंह महर कोषाअध्यक्षमा गठबन्धनका उम्मेद्धार नेविसंघका जगत सिंह धामी विजयी हुनुभएको छ।





प्रतिक्रिया