बैतडीमा ७८ बर्षीय पुरुष मृत फेला

दार्चुला । बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १० चौडका अन्दाजी ७८ वर्षीय धर्मान्नद भट्ट सोही वडाको लच्छा खोलामा विहीबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

भट्टको भीरबाट लडेर मृत्यु भएको आशंका गरिएको छ । भट्ट चैत २६ गतेदेखी घरबाट सम्पर्क विहीन भएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?