दार्चुलाको अपिहिमाल गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता उद्घाटन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा गाउँपालिका स्तरीय अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ ।

नयाँ बर्ष तथा बिसु पर्वको अवसरमा गाउँपालिकाको आयोजनामा सञ्चालन भईरहेको गाउँपालिका अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिताको शुक्रवार (आज) उद्घाटन गरिएको गाउँपालिकाका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत विरेन्द्र साउदको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र सिंह धामी प्रमुख अतिथि रहनुभएको थियो ।

वडा नम्बर ५ मा रहेको भवानी माध्यमिक विद्यालय सौगन्नाको खेल मैदानमामा सञ्चालन भइरहेको प्रतियोगिता मा गाउँपालिका भित्रका १२ वटा टिमहरुको सहभागिता रहेको गाउँपालिकाको खेलकुद समितिका सदस्य सचिव कमल सिंह रोकायाले बताउनुभयो ।

आज भएको घुसा युवा क्वल लुम्थी ‘ए’ र भलिबल च्यालेन्जर्स लुम्थी बिचको उद्घाटन खेलमा घुसा युवा क्लवले पहिलो जित निकालेको उहाँले बताउनुभयो ।

गाउँपालिकामा खेलकुद क्षेत्रको विकासको लागि नयाँ बर्ष र बिसुको शुभ अवसर पारी प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैँया नगद पुरष्कार पाउने छ। त्यस्तै द्धितीयले ३० हजार र तृतीय हुने टिमले २० हजार नगदसहित ट्रफि र मेडल पुरस्कार पाउने खेलकुद समिति सदस्य सचिव रोकायाले बताउनुभयो ।

उद्घाटन समारोहको कार्यक्रम सञ्चालन शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले गर्नुभएको थियो । प्रतियोगिता चैत्र ३१ गते सम्पन्न हुने छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?