प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न तयार रहेको बताउनुभएको छ । बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै शिक्षकहरुले प्रदर्शन गर्न आवश्यक नभएको बताउनुभयो ।

“शिक्षकहरूले आफ्ना मात्रै इन्ट्रेस हेरेर नहुने भन्दै राष्ट्रिय हित कसरी हुन्छ राष्ट्रको क्षमता के छ ? त्यो पनि बुझ्नुपर्ने हुन्छ। शिक्षकहरू प्रदर्शनमा हुनुहुन्छ, मैले अस्ति पनि भनेको आन्दोलनमा गइराख्न आवश्यक थिएन । ऐन पहिलादेखि रोकिएर बसेको छ, त्यसलाई हामी तुरुन्त ल्याउछौं” उहाँले भन्नुभयो।

सरकारले उपयुक्त ढंगले ऐन ल्याउने तयारी गरिहेको भन्दै उहाँले राष्ट्रिय अर्थतन्त्रको स्थिति के छ र सरकारले अहिले के गर्न खोजिरहेको छ भन्ने बुझेर मात्रै यस्ता कुराहरुको समाधान खोज्नुपर्ने बताउनुभयो ।

भावनामा बगेर समस्याको समाधान नहुने भन्दै प्रधानमन्त्री ओलीले सरकार हरेक समस्याको समाधान गर्न तयार रहेको बताउनुभयो ।

शिक्षकका पीर–मर्का हटाउन, समस्या समाधान गर्न सरकारले प्रयार गरिरहेको शिक्षकहरुले कुरा बुझ्नु पर्ने उहाँको भनाई छ ।

देशमा तमाम समस्या रहेकोले समाधान गर्नको लागि नै अहिलेको सरकार बनेको र कसैले पनि आन्दोलनमा गरिराख्नुपर्ने कुनै आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाई छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?