दार्चुला । दार्चुला र बैतडीका विभिन्न ठाउँमा भित्र्याउन लागेको गहुँबालीसहित अन्नबाली र तरकारीमा असिनापानीले ठूलो क्षति पुर्याएको छ । केही दिनयताको हावाहुरी र असिनापानीले पाकेर भित्र्याउनै लागेको गहुँबालीमा व्यापक क्षति पुर्याएको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा शनिबार (आज) बेलुकी परेको असिनापानीले गहुँबाली सखाप पारेको स्वास्थ्यकर्मी कृष्णनन्द पन्तले बताउनुभयो । शनिबार दिउँसोपछि परेको असिनापानीले विभिन्न ठाउँमा गहुँबाली र तरकारीमा ठूलो क्षति पुर्याएको खबरहरु प्राप्त भएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ सित्तडमा असिनाले गहुँबाली नष्ट गरेको छ । पाकेर खेतबाट भित्र्याउन लागेको गहुँबाली असिनापानीले सखाप पारेको हो ।

स्थानीय कृषक दानसिंह भण्डारीका अनुसार सित्तडको गहुँगोरासैन गाउँमा दुई दिन लगाएर टेक्टरले लगाएको खेतको गहुँबाली करिब आधा घण्टा आएको असिनापानीले सखाप पारेको हो । असिनापानीले गहुँबालीमा व्यापक क्षति गरेपछि किसान भोकमरीको चिन्तामा परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?