दार्चुला । दार्चुलाको लटिनाथ माध्यमिक विद्यालय चौपाताले शैक्षिक भ्रमणको क्रममा नेपालकै उकृष्ट शैक्षिक संस्थाहरुको अवलोकन गरेको छ । चैत्र १७ गतेबाट २८ गतेसम्म शैक्षिक भ्रमणमा निस्किएको टोलीले नेपालकै उकृष्ट शैक्षिक संस्थाहरु तथा धार्मिक सम्पदाहरुको अवलोकन गरेको हो ।

भ्रमण टोलीमा लटिनाथ मावि चौपाताका प्रधानाद्यापक केशव राज बिष्ट, लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशव राज ओझा, सहायक प्रधानाद्यापकहरु महेश राज जोशी र मोहनदेब बिष्ट, मावि संयोजक राजेन्द्रसिंह खत्री लगायत शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । भ्रमणको क्रममा विभिन्न उत्कृष्ट शैक्षिक संस्थाहरुले अपत्यारिला शैक्षिक प्रयासहरु गरेको भेट्टिएको लटिनाथ मावि चौपाताका प्रधानाद्यापक केशव बिष्टले जानकारी दिनुभयो । मावि चौपातालाई यसै वर्षबाट उच्च गुणस्तरयुक्त बनाउने समेत उहाँको प्रतिवद्धता छ । लटिनाथ माविको शैक्षिक अवलोकन भ्रमणले शैक्षिक गुणस्तर सुधारका विभिन्न पक्षहरुको बारेमा बुझ्ने मौका प्राप्त भएको भ्रमणमा सहभागी शिक्षकहरुले बताएका छन् ।

विद्यालयको भ्रमण टोलीलाई विभिन्न ठाउँमा सम्मान तथा स्वागत गरिएको थियो । शैक्षिक अवलोकन भ्रमणमा सहयोग गर्ने सबैलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ । अवलोकन भ्रमणमा देखेका राम्रा अभ्यासहरु लटिनाथ मावि चौपातामा समेत सञ्चालन/लागू हुनुपर्ने अभिभावकहरुको सुझाव छ ।

शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेपछि मावि चौपाताका प्रधानाद्यापक केशवराज बिष्टले सामाजिक सञ्जालमा स्टाटस राख्दै लेख्नुभएको छ, “श्री लटिनाथ मावि चौपाता, लेकम ५, दार्चुलाको मिति २०८१ चैत्र १७ देखि २८ सम्म संचालित शैक्षिक अवलोकन भ्रमणको सिलसिलामा नेपालकै सर्बोत्कृष्ट सस्थाहरुको अवलोकन गर्ने मौका मिल्यो। सो अवधिमा हामीलाई हामी कहाँ रहेछौं र कहाँसम्म पुग्नु पर्नेरहेछ भन्ने लक्ष्य दृष्टिगत भयो। हामीले अवलोकनको क्रममा गुणस्तर सुधार सम्बन्धि अपत्यारिला प्रयासहरु पनि देख्यौं। कुनै कुनै स्थानीय तहहरुले आफ्नो कूल बजेटको ४६ प्रतिशत शिक्षामा विनियोजन गर्ने गरेको देख्दा नेपालका पनि कुनै कुनै स्थानीय तहहरु विश्वका धेरै देशहरु भन्दा अगाडि रहेका र सङ्घीय सरकारहरुको लाचारिले मात्र अपजस भोग्नु परेको भान भयो । हामी संग हाम्रो मनोबल बढाउन मात्र नभई लेकम गाउँपालिकाको शिक्षाको गुणस्तर कसरी बढाउन सकिएला भन्ने चिन्तन बोकी लेकम गापाका शिक्षा शाखा प्रमुख श्री केशवराज ओझाजी पनि जानु भएको थियो । स्मरण रहोस उहाँले लेकम गापा शिक्षा शाखा प्रमुखको जिम्मेवारी ग्रहण गरिसकेपछि दरबन्दि मिलान, तहगत प्रधानाध्यापक, स्थानीय पाठ्यक्रम निर्माण लगायत थुप्रै आवस्यक कामहरु गर्नु भएको छ । स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधि र कार्यपालिकाको विशेष भुमिका हुने र केही कुराहरु कर्मचारीहरुको काबु बाहिर पनि हुने हुँदा सरकारहरुले आवश्यक सल्लाह लिई थप नीति नियमहरु तर्जुमा गर्नुपर्ने र आवश्यक बजेट बिनियोजन गर्नु पर्ने देखिन्छ (यदि निर्वाचित प्रतिनिधिहरुको केही गरु भन्ने चाहना हो भने मात्र) । यात्राको दौरानमा लटिनाथ मावि का २ जना पूर्व विद्यार्थी एवं साविकको रिठाचौपाता गाविस का सपुतहरु क्रमशः नारायणी आखा अस्पतालका प्रो.डा. पदमराज विष्ट र पर्वत जिल्ला शसस्त्र प्रहरी बलका प्रमुख करन सिंह धामीज्यूले हाम्रो सम्पूर्ण टोलीलाई भव्य स्वागत तथा गास, बास र नास्ताको विशिष्ट व्यवस्था गरेकोले सम्पूर्ण विद्यालय परिवार, लेकम गापा शिक्षा शाखा र मेरो तर्फबाट हार्दिक हार्दिक हार्दिक आभार ब्यक्त गर्दछु। साथै महाराज मालिकार्जुन, लटिनाथ, कुस्मावति आमा र उचाकोट आमासङ्ग उत्तरोत्तर प्रगतिका लागि नित्य बन्दना गर्दछु । यसै क्रममा २०४८ सालमा मावि खोल्दा रु. एक लाख धरौटी जम्मा गर्न तत्कालिन नेतृत्व सर्वश्री जयदेव विष्ट, परमानन्द जोशी र स्व. पण्डित जयदेव विष्टलाई सारै गारो भै कुनै पनि श्रोतले नभ्याई लटिनाथ मन्दिरको १८ तोलाको सुनको गढुवा रा.बा. बैंक दार्चुलामा धितो राख्ने मनसाय थाहा पाई बैतडी जिल्ला भट्टीगाउँ जन्मघर भै हाल पोखरा मणिपाल अस्पताल नजिक बस्ने र तात्कालिन छोटी भन्सार, दार्चुलाका कर्मचारी श्रद्धेय भिनाजु चक्रदेव भट्टले आफू लगायत भन्सारका प्रमुख धनन्जय विष्ट तथा अन्य कर्मचारीहरुबाट सहयोग रु. १०,००० संकलन गरी अतुलनीय योगदान गर्नु भएकोमा उहाँलाई घरमै गएर धन्यवाद र आभार प्रकट गर्दा खुशीको सीमा नै रहेन । यो भ्रमणमा अहोरात्र खट्नु भएका सहायक प्रधानाध्यापकद्वय महेशराज जोशी र मोहन देव विष्ट, व्यवस्थापक राजेन्द्र सिह खत्री, लेखापाल सुरेन्द्र पाल, सहभागी सबै साथीहरु, शिक्षा शाखा प्रमुखज्यू र हाम्रो व्यवस्थापन समिति अध्यक्ष्य परमानन्द जोशी लगायत सम्पूर्ण समिति पदाधिकारीहरु एवं लेकम गापा प्रति र सम्पूर्ण अवलोकित स्कुल परिवारप्रति हार्दिक हार्दिक कृतज्ञता अर्पण गर्दछु। अन्तमा, लटिनाथ मावि चौपातालाई साच्चिकै उच्च गुणस्तरयुक्त विद्यालय बनाउने र सोको प्रत्याभुति यसै आगामी शैक्षिक सत्र २०८२ मा अभिभावकहरुलाई दिलाउने प्रतिबद्धता सहित सबैप्रति हार्दिक नमन।”

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?