
दार्चुला । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाएको हो ।
आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि ३ जनाका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुला तथा समावेशीमार्फत् गरिने पदपूर्तिका लागि ४ जनाका लागि विज्ञापन खुलेको छ ।
यसैगरी लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ १ जनाका लागि विज्ञापन खुलेको छ ।
यसैगरी आन्तरिक प्रतिस्पर्धा, अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनका लागि अधिकृत सातौं अप्राविधिक पदका लागि ३९ पदमा विज्ञापन खुलेको छ । यसका लागि थारु/राना थारुका लागि पनि २ वटा कोटा छुट्याइएको छ । यसैगरी आन्तरिक प्रतिस्पर्धा, अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनका लागि अधिकृत सातौं अप्राविधिक पदका लागि ३९ पदमा विज्ञापन खुलेको छ । यसका लागि थारु/राना थारुका लागि पनि २ वटा कोटा छुट्याइएको छ ।
आयोगका अनुसार दरखास्त दिने म्याद २०८१ वैशाख २० गतेसम्म । दोब्बर दस्तुर तिरेर बैशाख २७ गतेसम्म दरखास्त बुझाउन सकिने छ । परीक्षा केन्द्र धनगढी कैलाली तोकिएको छ । लिखित परीक्षा कार्यक्रम भने पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।