दार्चुला । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अनतरगत केन्द्रीय कार्यक्रम कार्यान्वयन ईकाईबाट दार्चुलाको महेन्द्र माध्यमिक विद्यालय खलंगाको १२ कोठे भवन स्वीकृत भएको छ । तीन तलामा निर्माण हुने १२ कोठे भवन स्वीकृत भई ठेक्का प्रक्रिया सुरु भएको विद्यालयका प्रधानाद्यापक दामोदर जोशीले जानकारी दिनुभयो । ईकाईले उक्त भवन निर्माणको लागि ३० दिनको ठेक्का प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो ।
झण्डै ६ करोड बजेटमा निर्माण सम्पन्न हुने विद्यालय भवनको ठेक्का प्रक्रिया पुरा भएपछि निर्माण कार्य सुरु हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल ठगुन्नाले बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत ईकाईबाट उक्त विद्यालय भवन स्वीकृत गर्न दार्चुलाबाट पहल गर्नुहुने एमाले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, योजना स्वीकृतको लागि माग तथा पहल गर्नुहुने महाकाली नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिर, विद्यालयका पूर्व प्रधानाद्यापक रामदत्त जोशी, शिक्षा विकास तथा समन्वय ईकाई दार्चुला लगायत पहलकर्ताहरुलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।
भवन निर्माण सम्पन्न भएपछि महत्तपूर्ण उपलब्धी हासिल हुने अध्यक्ष ठगुन्नाको भनाई छ । महेन्द्र माविमा बन्ने भवनको डिजाइन यस्तो छ:





