दार्चुलामा बैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु, ५ गते पाठ्यपुस्तक वितरण गरिने

दार्चुला । दार्चुलामा शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियानको तयारी भइरहेको छ । बैशाख २ गतेबाट १५ गतेसम्म पहिलो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने शिक्षा विकास तथा समन्वय ईकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । कार्यालयले विद्यार्थी भर्नाको लागि निश्चित मापदण्ड तयार पारेर स्थानीय तहका शिक्षा तथा खेलकुद शाखाहरुलाई पठाइसकेको उहाँले बताउनुभयो ।

हाल नेपाल सरकारले अनिवार्य शिक्षा लागू गरेकाले उमेर पुगेका छुटफुट बालबालिकाहरुको लागि बैशाख १५ गतेबाट २५ गतेसम्म घरदैलो भर्ना अभियान सञ्चालन गरिने बताइएको छ ।

दार्चुलामा नयाँ शैक्षिक सत्रको लागी ९५ हजार चार सय ६ थान बढी पुस्तक आइपुगेको छ । बैशाख ५ गते पुस्तक दिवसको अवसरमा विद्यार्थीहरुलाई पाठ्यपुस्तक बितरण गरिने बताइएको छ ।

दार्चुलामा ३३३ सामुदायिक विद्यालयमध्ये आधारभूत तहमा २१ हजार ३ सय ४० जना र माध्यमिक तहमा ५ हजार २ सय ७५ विद्यार्थी अध्ययनरत रहेका छन् ।

नयाँ शैक्षिक सत्र सुरु भएकै दिनदेखि विद्यार्थीहरुको हातहातमा पुस्तक आइपुग्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?