
दार्चुला । डडेलधुरामा स्कार्पियो दुर्घटना भएको छ।
जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ डोला स्थित स्याउले बाट दिपायल तर्फ जाँदै गरेको गन्यापधुरा गाउँपालिकाको बा २ झ ४०३३ नम्बरको स्कारपियो आफै अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
स्कारपियो अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेको जनाइएको छ। स्कारपियो घटनास्थलमै रहेको र चालक इन्द्र बहादुर मल्लको खोजी भइरहेको प्रहरीले जनाएको छ।