दार्चुला । बैतडीको पुर्चौडीमा सञ्चालन हुने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ।

बैशाख ३ गते (भोली) बाट बैशाख ५ गते सम्म पुर्चौडी नगरपालिकाको वडा नम्बर १ मा रहेको विशालपार्क खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले बताउनुभयो ।

रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी रहनुहुने छ ।

रनिङ शिल्ड उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पाल, प्रदेससभा सदस्य जानकी ऐर बमलगायत जिल्लाका पालिका प्रमुखहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीयका टिम तथा खेलाडीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । रनिङ शिल्डको लागि खेल मैदान तयार लगायतका आवश्यक तयारी परा भएको उहाँले बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पुर्चौडी नगरपालिकाको सह–आयोजनामा सञ्चालन हुने जिल्ला स्तरीय प्रतियोगितामा ४ विधामा खेल सञ्चालन हुने छ ।
प्रतियोगितामा छात्र छात्रा भलिबल तथा कबड्डी, छात्र छात्रा एथ्लेटिक्स र मार्सल आर्टमा करातेका खेलहरु सञ्चालन हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।

गत वर्ष मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?